बजेट कार्यान्वयन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएनः आरजु राणा

नेपाली कांग्रेसकी सांसद डा।आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरिन् । उनले बजेटका लागि सांसदहरूले हानथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् ।

उनले सरकारले बजेट कसरी खर्च गर्ने र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् ।

उनले कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो भन्दै प्रश्न गरिन् ।