कमला ह्यारिसले दिइन् सिनेट पदबाट राजिनामा

वासिङटन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् ।

 

उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उहाँले सोमबार सिनेटर पदबाट राजीनामा दिनु भएको हो । मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हँ सिनेटबाटै बिदा लिएको छैन, म सिनेटमै रहन्छु उनले ट्वीटरमा लेखेकी छन् ।

अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएकी छन् । सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट बिदा नभएको उनले बताएकी छिन् ।अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुबै पक्षका ५०/ ५० जना सदस्य रहेका छन् । ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

 

राष्ट्रपति, उपराष्ट्रपति दुबैजनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्नेछन् । त्यसपछि ट्रम्पको बहिर्गमन हुनेछ ।