बागमतीमा कांग्रेसका छ मन्त्रीले धमाधम राजीनामा दिँदै

हेटौँडा । केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

१२ सदस्यीय मन्त्रिमण्डल रहेको यस प्रदेशमा कांग्रेसका छ जना मन्त्रीले आज बुधबार नै राजीनामा दिने भएका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकार छाड्ने निर्णयमा पुगेको कांग्रेस बागमती प्रदेश संसदीय दलले जनाएको छ । प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकार छाड्ने तयारी गरिएको जानकारी दिP ।

उgले आफूहरू प्रदेश राजधानी बाहिर रहेको र हेटौँडा आएर आजै राजीनामा दिने बताP ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका चित्रकारले कांग्रेसबाट सरकारमा सहभागी छ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने बताP।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले हेटौँडा पुगेर राजीनामा दिने गरी आउँदै गरेको जानकारी दिP। उgले भg] , ‘‘राजीनामासँगै सरकारलाई दिएको समर्थनसमेत आजै फिर्ता लिने छौ ।’’

आर्थिक मामिला तथा योजनामन्त्री तामाङ र प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा विदेश रहनुभएकोमा आजै नेपाल फर्कनुभएको हो
प्रदेशको मन्त्री मण्डलमा कांग्रेसबाट तामाङ नेतृत्वमा चित्रकार, लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्का रहनुभएको छ ।

गत वर्ष पुसमा यस प्रदेशमा बामगठबन्धनको सरकार रहेको केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै लोकतान्त्रिक बामगठबन्धन बनेको थियो ।