सचिव एकनारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत सचिव एकनारायण अर्याललाई गृह सचिवका रुपमा सरुवा गरेको छ । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसक्नु भएका अर्यालले नाकावन्दी तथा २०७२ सालको विनासकारी भुकम्पका समयमा काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गर्नु भएको थियो भने । कोभिड १९ को महामारीका समयमा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेको अनुभव छ ।

कामाडौं महानगरपालिकाबाट अर्यालय सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर गएसँगै सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा सचिव रहेन व्यवस्था हटाएर सहसचिवको दरवन्दी कायम गरेको थियो ।

अर्याल जुन कार्यालयमा जिम्मेवारी सम्हाल्न पुगे ती कार्यालयहरुमा कुनै न कुने नयाँ कार्यक्रम कार्यान्वयन गर्न सफल भएका प्रशासक हुन् । काठमाडांै महानगरपालिकामा रहँदा उनले करलाई पारदर्शि बनाउने योजना अनुरुप सुत्र प्रणालीलाई कार्यान्वय गर्न सफल भएका थिए भने घरको नक्सापास गर्दा डिजिटल सिङ्नेचर कार्यान्वयनमा ल्याउन सफल भएका थिए ।