हमासबाट मारिएका मृतकको परिवारलाई इजरायली सरह भत्ता दिइने

काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमास हमलामा परेर ज्यान गुमाउने नेपाली विद्यार्थीका परिवारहरुलाई इजरायली नागरिक सरह आजिवन भत्ता दिने बताएका छन् । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको भेटमा इजरायली राजदूत गोडरले सो कुराको जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते इजरायलको प्यालेस्टाइन सीमावर्ती सहरमा हमास समूहले गरेको आक्रमणमा किबुजस्थित कृषि फार्ममा इन्टर्न गरिरहेका १० नेपाली विद्यार्थीकोमृत्य भएको थियो । उनीहरु ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्गर्तत इजरायल पुगेका कृषि अध्ययन गरिरहेका विद्यार्थीहरु थिए ।

परराष्ट्र मन्त्रालय श्रोतका अनुसार राजदूत गोडर हमास आक्रमणमामारिएका विद्यार्थीका बुबा–आमालाई इजरायल सरकारले आजीवन भत्ताको व्यवस्था जानकारी दिएको र बन्धक रहेका जोशीसहित एक सय ३४ जनाको परिवारलाई पनि मासिक रूपमा भत्ता दिने जनाएको छ ।