परराष्ट्रमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूतवीच भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको जनाएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठ र राजदूत हास्मी बीच नेपाल–पाकिस्तान सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा राजदूत हास्मीले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।