सत्ताका लागि धोका दिने प्रचण्ड भेट्न किन पुगे बालुवाटार शेरबहादुर

काठमाडौं । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुम जोडेर सत्ता साझेदारका रुपमा रहेको नेपाली कांग्रेसलाई सत्ताबाट पछारेपछि पहिलो पटक कांग्रेस सभापति शेरबहादर देउवा दाहाल भेट्न पहिलो पटक बालुवाटार पुगेका छन् । शनिबार देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् । उनीहरुवीच शान्ति प्रक्रियालाई टुंग्याउने र संवैधानिक परिषद्को बैठकका विषयमा छलफल भएको स्रोतले बताएको छ।

गठबन्धन भत्किएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ। संसदलाई प्रभावकारी बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ। तर गृह मन्त्री लामिछाने कांग्रेस सभापति पत्नी एवं सांसद आरजु राणाका विपक्षमा उभिएको देखिएपछि देउवा ओली र दाहाल भेट्न पुगेको शंका गरिएको छ ।