कांग्रेसद्धारा प्रतिनिधिसभाको अर्को वैठक चल्न दिने धम्की

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि रन्थनिएको नेपाली काँग्रेसले प्रतिनिधिसभाको अर्को वैठक चल्न नदिने धम्की दिएको छ । आज प्रतिनिधिसभाको वैठकमा नेपाली कांग्रेसमा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएकोले समिति नबनाए वैठक नै चल्न नदिने धम्की दिएका हुन् ।
गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको भन्दै सांसद शर्माले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनतालाई कमजोरी ठानिएको बताए ।

उनले आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई अपील गरे । नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ ।

शर्माले भने, ‘५० हजारभन्दा बढी सहकारीका पीडित भएका नागरिकहरुको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरुको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ । संसद चलेन । संसद अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ । आज प्रमुख प्रतिपक्षको विनम्रता, शालिनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडी सरकारलाई अपील छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानवीन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बाँया हामी उभिने छैनौँ ।’