गृहमन्त्री लामिछाने मात्र होइन श्रम मन्त्री डीपी पार्टी नेता कबिन्द्र पनि सहकारी ठगको सूचिमा

काठमाडौं । डीपी अर्याल र कबिन्द्र बुर्लाकोटीले ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को सञ्चालनका क्रममा बचतकर्तालाई ठगी गरेको आरोप लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाइसकेको छ । जुन सहकारीमा श्रममन्त्री अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए ।

तर, पछिल्लो एक वर्षदेखि यो सहकारीमा पनि जीबीलाई नै अध्यक्ष बनाइएको देखिन्छ । त्यो पनि डीपी र बुर्लाकोटीकै सक्रियतामा यस्तो भएको दाबी आउन थालेका छन् । हाम्रो नयाँ कृषी सहकारीमा ३४ बचतकर्ताको ४ करोड ९२ लाख वचत फिर्ता नगरेर ठगी गरेको पाइएको छ ।

काठमाडौंको बालुवाटारमा रहेको सहकारीले २०७७ साउन २७ गते गरेको साधारण सभाले डीपीलाई उपाध्यक्ष र सञ्चालक सदस्यमा बुर्लाकोटीलाई चार वर्षे कार्यकालका लागि चयन गरेको थियो । यस्तोमा कार्यकाल नसकी उनीहरुले २०७९ असोज २२ गते जीबीलाई भित्र्याएर आफू बाहिरिएको बताइन्छ । यसरी सहकारी ठगी प्रकरणमा उनीहरु मुछिन पुगेका हुन् ।