एनआइसी बैकका कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उदेश्यले कर्जा ग्राहकलाई छुट सम्वन्धी योजना ल्याएको छ ।

बैकले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित ऋणीलाई आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट गरेको छ । त्यस्तै कर्जा लिएका ग्राहकहरुको कर्जालाई तीन वर्गका बर्गीकरण गरी सोही अनुरुप १० देखि २० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । जसम मध्ये कमसल कर्जाका लागि १० प्रतिशत छुट, शंकास्पदलाई १५ प्रतिशत छुट र खराव कर्जामा २० प्रतिशत छुटको व्यवस्था गरको बैकले जनाएको छ ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले नयाँ सार्वजनिक गरेको योजनामा सहभागी भएर लाभ पनि बैकले आग्रह गरको छ ।
वैकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार अहिलेको असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न, बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।