कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल मुख्यमन्त्री नियुक्त

काठमाडौँ- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनु भएको छ । एमाले, माओवादी केन्द्र लगायत सत्ता गठबन्धनमा रहेका सांसदहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बन्नु भएको हो ।  प्रदेश प्रमुख तिलक परियारले कँडेलालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेता कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्नु भएको थियो ।

प्रदेशमा सरकार गठनका लागि २१ जना सांसद्‌को आवश्यकता पर्छ ।