निःशुल्क बीमाको नाममा भ्रम छर्नेहरुलाई कारवाही गरिन्छ: मन्त्रालय

काठमाण्डौ । सरकारले निःशुल्क स्वास्थ्य बीमाको नाममा भ्रम छर्नेहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।

‘विगत केही समयदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन÷सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना तथा विज्ञापनमा कुनै सत्यता नभएकाले यसप्रकारको सूचना÷विज्ञापन नगर्नुहुन समेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरुलाई विद्यमान कानून अनुसार सम्बन्धित निकायमार्फत नियमानुसार कारवाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।