प्रचण्ड र ओलीको एउटै स्वर- तत्काल कम्युनिष्ट एकता हुदैन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताएकी छन् ।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनबारे समीक्षा गर्नुपर्ने बताएकी हुन् । पूर्वराष्ट्रपति भण्डारी एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको नाम लिँदा निकै भावुक भएकी थिइन ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरू पहिलेजस्तो अहिले हौसिएर कम्युनिष्ट एकताको पक्षमा नरहेको बताए । उनले कम्युनिष्टहरु एकताबद्ध भए देशको निर्णायक शक्ति बन्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको बताएका छन् । उनले एकता र सहमतिबाट मात्रै देशमा ठूला राजनीतिक परिवर्तन भएको बताए ।
कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गरेका थिए । हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ? कांग्रेसलाई गाली गरेर मात्रै हुँदैन । त्यसको जवाफमा ओलीले व्यंग्यात्मक रुपमा भने, ‘मेरा पुरानो मित्र हुनुहुन्छ घरीघरी अलि जोशिनुहुन्छ । कार्यक्रममा ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताए । ओलीले पनि यसअघि भएको एकता बिभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताउदै। उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट पारे तर पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरे । उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए ।