करीव ६ हजार मतान्तरले हराए सुहाङले खड्कालाई

काठमाडौं । इलामा २ का सांसद सुवास नेम्वाङको निधन पछि भएको उपनिर्वाचनमा उनका छोरा सुहाङले प्रतिष्पर्धी डम्वर खड्कलाई करीव ६ हजार मतान्तरले हराएका छन् । सुहाङ निर्वाचित भएसँगै इलाम २ बाट फेरि नेकपा एमालेले जित हासिल गर्न सफल भएको छ । एमालेका सुहाङ नेम्वाङले बुवा सुवासचन्द्रको विरासत धान्दै प्रतिनिधिसभा सदस्यमा प्रवेश गरेका छन् ।

गत वर्षको चुनावमा माओवादी, नेकपा एससँग गठबन्धन गरेर चुनाव लडेका खड्का सुवाससँग १४४ मतको झिनो अन्तरले पराजित भएका थिए । अहिले भने अझ फराकिलो अन्तरले उनै सुवासका छोरा सुहाङले डम्बरलाई लडाएका छन् ।

सुहाङ–डम्बरबीचको मतान्त्रर ५ हजार ८३० भोट छ । सुहाङले २७ हजार ७७२ भोट प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ भोटमा रोकिए । २०७९ मा सुवासले ३० हजार २० भोट ल्याएका थिए । खड्काले २९ हजार ९०६ भोट ल्याएका थिए ।

सुवास इलाम २ मा २०५६ सालदेखि नै निरन्तर विजयी हुँदै आएका थिए । गत भदौ २६ मा उनको निधनपछि रिक्त यस क्षेत्रमा वैशाख १५ गते उपचुनाव भएको हो ।