नबिल बैंकको वीरगञ्जको शाखाबाट १ करोड चोरी

काठमाडौं । नविल बैकको वीरगञ्ज शाखाबाट १ करोड भन्दा बढी रकम चोरी भएको छ । सोमबार विहान करीव ४ बजेतिर बैक चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बैक र्चोरी गर्नेले बोरामा पैसा हालेर लगेको वैकमा रहेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरले नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी गरेको प्रहरीले जानकारी दिएको छ । चोरी भएको समयमा बैंकमा सुरक्षा गार्ड नभएको कारण चोरीको घटना थप शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर चोर भागेको देखिएको छ ।उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।