ओली भन्छन,‘व्यक्तिगत पहिचानले सफल हुन सकिँदैन’

इलाम । व्यक्तिगत पहिचानले सफल हुन नसक्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाजी गरेका छन् । इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि विजयसभालाई सम्बोधन गर्दै मंगलबार इलाम पुगेका ओलीले भने, हामीले व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने सफल हुन सक्दैनौं।’
अध्यक्ष ओलीले अनेक भ्रम फैलाइरहेका बेला सुहाङ नेम्वाङले अत्यधिक मतले विजयी हुनु सानो कुरा नभएको बताए। ओलीले ‘समृद्धि नेपाल र सुखी नेपाली’ पहिचान भएको बताए। प्रदेशको नाममा पहिचनाको कुरा नरहेको उनको भनाइ छ। इलामको विकासको जिम्मा सुहाङ नेम्वाङले र नेम्वाङको जिम्मा आफूले लिने भन्दै उनले सुहाङ नेम्वाङले राम्रो काम गर्ने दाबी गरे।