डढेलो निभाउने क्रममा ललितपुरमा दुई जनाको ज्यान गयो

काठमाडौं । यतिखेर मुलुकभर डढेलोले बन सखाप पारिरहेको छ । डढेलोका कारण धेरै जिल्लाहरुमा स्थानीयवासीहरु त्रसित बनिरहेका छन् । डढेलो समयमा नै नियन्त्रणमा लिन सकिएको देखिँदैन । जसका कारण डढेलो निभाउन स्थानीयहरु नै मृत्युको मुखमा पुगेर प्रयास गरिरहेका छन् । छन् । देशको राजधानी भित्रैको ललितपुरको तपेश्वर सामुदायिक वनमा भएको डढेलो निभाउने क्रममा दुई जनाले ज्यान गुमाईसकेका छन् । गोदावरी नगरपालिका नगरपालिका ४ मा रहेको सो वनमा लागेको आगलागी निभाउने क्रममा स्थानीय रमेश पहरी र शंकर पहरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा ल्याइएका शंकर पहरीको मंगलबार नै मृत्यु भएको हो भने रमेस पहरीको बुधबार विहान मृत्यु भएको हो।

स्थानीय युवाहरू आगलागीमा परेर मृत्यु भएपछि स्थानीयहरूले विरोध जनाएका छन्। अर्वौंको ग्यास बालेर जोगाएको वन डढ्यो, स्थानीय युवा र जीवजन्तु र बनस्पती स्वाहा भएको भन्दै सरकारसँग गुहार मागेका छन् स्थानीयहरु। धुवा खरानी र आगोको मुस्लोले ४ दिनदेखि गोदावरी ढाकिएको भन्दै सरकारको ध्यानआर्कषण गरेका छन्।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले स्थानीय सरकारले आगलागी निभाउने प्रयत्न गर्दा पनि नसकेको बताए। उनी भन्छन्, एकैपटक ८९ वटा वडामा आगो लागेकाले सबैतिर निभाउन सकेनौं। सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयत्न गर्दा घटना घट्न पुग्यो।ु उक्त स्थानमा तपेश्वर मन्दिर रहेको र स्थानीयहरू उक्त मन्दिर जोगाउन भन्दै आगलागी भएको जंगलमा पस्दा घटना घटेको मेयर मर्हजनले बताए। घटनामा ज्यान गुमाउने परिवारप्रति सान्त्वनास्वरुप नगरपालिकाले ५(५ लाखका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ।