महानिर्देशक सरुवा गर्दा आफै गलहत्याईए कृषि सचिव गोविन्द

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि तर्फ सचिवका रुपमा सरकारले अवकाश हुन साता दिन पनि नभएका पशु सेवाका सचिव रेवती रमणलाई सरुवा गरी कृषि सेवा तर्फका सचिव डा गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालय सरुवा गरिदिएपछि कृषि मन्त्रालयमा सचिवको चर्चा नभएर डिजीको चर्चा हुन थालेको छ । सचिवको सरुवामा चर्चा कमाउने डिजी सोही मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यको रहेकोछ ।

निवर्तमान मन्त्री डा बेदुराम भुसालकै पालामा विभागकी महानिर्देशक बैद्यको सरुवा प्रक्रिया अगाडि बढिसकेको थियो । तर त्यसबेला सचिव गोविन्द शर्माले नै रोकेको भन्दै मन्त्री सचिवालय रुष्ट बनेको थियो । मन्त्री भुसालले डिजी परिवर्तन गर्न खोज्दा सचिवले विभिन्न बहाना बनाएर रोक्न खोजेपछि सचिवको सरुवा गर्ने उपयुक्त समय मन्त्रीले खोज्दा खोज्दै सरकार परिवर्तन भयो र मन्त्रीको पद नै चट्ट भयो । त्यसकारण पनि मतिनाको सरुवाको काण्ठ टरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा अखाद्य बस्तु फेला पार्दा पनि विभागकी महानिर्देशक मतिना बैद्येले कार्वाही प्रक्रिया नबढाई व्यवसायीहरुसँग हिमचिम बढाएका कारण पछिल्लो समय सचिव शर्मा रुष्ट बनिरहेको थिए । बजारमा विक्री भईरहेको क्याण्डीदेखि पछिल्लो समयमा चौधरी ग्रुपको वाइवाई काण्डसम्म आईपुग्दा स्थानीय तह काठमाडौं महानगरपालिकाले गुणस्तरहीन चाउचाउ बजारमा अनुगमका क्रममा फेला पारेपछि चौधरीलाई ग्रुपलाई २ लाख जरिवाना गराउन सफल भएको थियो । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मौन बसेको थियो । त्यही विषयमाले संसदीय समितिमा पनि बहस चल्यो जवाफ दिन पुगेका सचिव शर्माले जवाफ दिन सकेनन् ।

महानगरले कार्वाही गर्न सक्ने तर विभागले किन कार्वाही गर्न नसकेको ? खाद्य गुणस्तर चेकजाँच गर्ने आधिकारिक सरकारी निकाय मौन किन भन्ने प्रश्न सर्वत्र नै थियो । सोही कारण पनि सचिव शर्मा विभागको महानिर्देशकको सरुवा विगतमा जोगाएको भएपनि अहिले पनि सरुवा गर्ने मनस्थिति मै पुगेका थिए र मन्त्रीसँग छलफल भएको पनि श्रोतले बताएको छ ।

कांग्रेसी विचारधारा वोकेका सचिव शर्मालाई त्यसबेला माओवादी कांग्रेस समिकरणमा सरकार भएकाले गोविन्दप्रसाद शर्मालाई केही सहज भएको मन्त्रालय श्रोतले बतायो । अहिले सरकार परिवर्तन भयो र एमाले सत्तामा पुगेपछि कृषि मन्त्रालय एमालेको हातमा परेको छ । मतिना बैद्य एमाले निकट सहसचिवका रुपमा चिनिन्छिन् । उनको सरुवा एमालेकै मन्त्री भएको बेला गर्ने संकेत पाएपछि बैद्यले सरुवा रोक्न एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्म लविङ गर्न भ्याएकी थिईन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकलाई विगतमा जति सुकै विवादमा आएपनि संरक्षण गरेका सचिव पछिल्लो समय भने उनै महानिर्देशकलाई सरुवा गर्न खोज्दा आफै सरुवा परेको बुझिएको छ । सरुवा पनि कस्तो भने उनलाई हटाएर उनको ठाउँमा जागिरेबाट अवकाश हुन एक साता पनि वाँकी नभएका सचिवलाई ल्याईएको छ । जुन सचिव मन्त्रालयको कृषि सेवा तर्फ जिम्मेवारी लिएर कर्मचारीको फूलमाला पहिरिँदा पहिरिँदै अवकाशको माला पहिरिएर घर जानेछन् ।

पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग निकै विवादमा देखिन्छ । बजारमा अखाद्य बस्तु खूल्मखुल्ला विक्री भईरहँदा पनि उपभोक्ताको जनस्वास्थ्यको कुनै वास्ता नै नगरी अनुगमन गर्ने कार्वाही गर्ने भन्दा पनि आफ्नो स्वार्थ कसरी परिपूर्ति गर्ने भन्नेमा महानिर्देशक मतिना बैद्य आफै लागेकी छिन् ।

यतिसम्म कि जनतासँग सरोकार राख्ने र सार्वजनिक गर्नु पर्ने विषयहरु विभागले लुकाएपछि कृषि अनलाईनले सूचनाको हक प्रयोग गरी मागेका सूचना समेत दिन नमिल्ने भन्दै पत्र पठाएको छ । जुन सूचनको हक विपरित देखिन्छ । यसको प्रमुख कारण भनेको व्यापारीसँग आर्थिक स्वार्थ रहेको विभागकै एक उच्च कर्मचारीले बताएका छन् । सचिव शर्माले विभागले गरेका त्यस्तै कर्तुत थाहा पाएर महानिर्देशक परिवर्तन गर्न खोज्दा आफै त्यसको शिकार बनेका छन् ।