आजबाट लागू हुने गरी पेट्रोलको मूल्य ७ रुपैयाँले घट्यो

काठमाडौं । नेपालमा आयल निगमले पहिलो पटक पेट्रोलको मूल्यमा भारी कटौती गरेको छ । जेठ ३ गते विहिबार विहानदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको बुधबार राती विज्ञप्ति जारी गरी नयाँ मूल्य सार्वजनिक गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ।

स्वचालित मूल्य अनुरुप आयल निगमले विगतमा निकै नै न्यून मूल्य घटाउने गरेको थियो । तर यसपटक भने प्रति लिटर मै ७ रुपैयाँ घटाएको छ ।