लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा

काठमाडौं । आज बसेको बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई र कृषि विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सिफारिस गरेको थियो । यस्तै कृषि तथा वन समूहबाट बढुवाका लागि सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रलाई सिफारिस गरिएको थियो । सिफारिस मध्ये पौडेल र मिश्र सचिवबा बढुवा भएका हुन् ।