संसद चलाउन एमाले र माओवादी अध्यक्षसँग छलफल गर्दै सभामुख

काठमाडौँ । संसद सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्नका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शनिबार प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे सभामुख घिमिरेले दुवै अध्यक्षहरूसँग छलफल गर्ने समय निर्धारण भएको सभामुख सचिवालयले जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दैआएको छ ।

सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बैठकमा आमन्त्रण गर्ने तयारी भएको छ । बालुवाटारमा हुने सो वैठकमा देउवा जाने नजाने अझै टुङ्गो लागिसकेको भने छैन ।

ताजा अपडेट