सुरक्षण मुद्रण स्थापनामा विकल पौडेलले २५ करोड भ्रष्टाचार गरेको ठहर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको विकल पौडेललाई विशेष अदालत दोषी ठहर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रमाणहरु सहित भ्रष्टाचारको आरोपमा गत वैशाखमा मुद्दा दायर गरेको थियो ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललार्य वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ ।