इ बैकिङ्गमा खराव काम, पेवेल र सजिलो पेको सबै बैंक खाता रोक्का

काठमाडौं । पछिल्लो समय इ बैकिङ्गको प्रयोग बढ्दै गईरहेको भएपनि प्रविधिको प्रयोगका नाममा उपभोक्ताहरु भने नजानिँदो किसिमले ठगिने क्रम पनि बढ्दै गईरहेको छ । नेपाल राष्ट्र बैंकले सजिलो पे र पेवेल नेपालको सवै खाता रोक्का गरेको जनाएको छ ।

राष्ट्र बैकका अनुसार यी दुवै संस्था हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्रालि र सजिलो पे मेमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार यी संस्थाबाट भएको कारोबार निकै शंकास्पद रहेको, हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न रहेकोलगायत कारण अनुसन्धान पुरा नभएसम्मका लागि बैंक खाता कारोबार रोक्न निर्देशन दिइएको हो ।

‘अनामनगरबाट आर्थिका कारोबार गरिरहेको पेवेल नेपाल प्राइभेट लिमिटेड र बालुवाटारबाट आफ्नो कारोबार सञ्चालन गरिरहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड,ले कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ’, राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।