चिनियाँ प्रधानमन्त्रीले दिए ओलीलाई बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि क्वाङले बधाई दिएका छन् । उनले नेपालस्थित चिनियाँ दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत बधाई दिएका हुन् ।
‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, ओलीलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ ।

उनले नेपालसँगको ६९ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् । त्यस्तै, बीआरआई परियोजना लागू गर्नेदेखि द्विपक्षीय हितका प्रवर्द्धनका लागि साझेदारी गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।