जेठ मसान्तसम्म विभिन्न भन्सार कार्यलयबाट १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु आयत

काठमाडौं । चालु आर्थिक वर्षको जेठ अन्त्यसम्म विभिन्न भन्सार कार्यलयबाट १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु आयत भएको छ । अन्तर्राष्ट्रिय ब्यपारको लागि २९ वटा भन्सार कार्यालय रहेका छन् । भारत र चीनसँग जोडिएको २६ वटा र दुई वटा अन्तराष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय रहेको छ भने चोभार सुख्खा बन्दरगाहमा पनि भन्सार कार्यालय रहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको (साउनदेखि जेठ) मसान्तसम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने सोहि अवधिमा १३ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको देखिन्छ ।

भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म सबै भन्दा बीरगञ्ज भन्सार नाकाबाट बढि वस्तु आयात भएको छ । सो भन्सार नाकाबाट ४ खर्ब ९६ अर्ब ८६ करोड ६८ लाख रुपैयाँको वस्तु आयात भएको छ भने सोहि अवधिमा २८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको वस्तु निर्यात भएको देखिन्छ ।

त्यसैगरी बढि वस्तु आयात गर्ने दोस्रो नम्बरमा भैरहवा भन्सार कार्यलय रहेको छ । उक्त भन्सार कार्यलयबाट २ खर्ब २१ ऋर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने सोहि अवधिमा १२ अर्ब ६० करोड बढिको वस्तु निर्यात भएको छ ।

१२ महिना अवधिमा बिराटनगर भन्सार कार्यलयबाट १ खर्ब ५३ अर्ब ३ करोड, डोरपोटि भन्सार कार्यलयबाट १ खर्ब ८८ अर्ब ५१ करोड, त्रिभुवा अन्तराष्ट्रिय एरपोटबाट १ खर्ब ३१ अर्ब ३ करोड, तातोपानी भन्सार कार्यलयबाट ३७ अर्ब १६ करोड, रसुवा भन्सार कार्यलयबाट ५५ अर्ब ४५ करोड, नेपालगञ्ज भन्सार कार्यलयबाट ६४ अर्ब ४५ करोड, मेची भन्सार कार्यलयबाट ४० अर्ब ६९ करोड, कैलाली भन्सार कार्यलयबाट २१ ऋर्ब ३७ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।