जीवन बीमामा कुल १ खर्ब ५६ अर्बको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो जीवान बीमा कम्पनीहरुको गत आवको तुलनामा ९.८० प्रतिशतले बढी हो । अघि आव २०७९–८० मा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ यस्तो शुल्क संकलन गरेका थिए ।

चालु आवको साउनदेखि असार मसान्तसम्मा बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । गत आवमा उक्त कम्पनीले ४० अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी दोस्रो स्थानमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आवमा उक्त कम्पनीले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । तेस्रो स्थानमा रहेको एलआईसी नेपालले १८ अर्ब ९ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ, सुर्य ज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५ करोड १५ लाख रुपैयाँ छ । सिटीजन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब १८ करोड ८३ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ रहेको छ । आईएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ अर्ब ३७ करोड २४ लाख रुपैया, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले ४ अर्ब २० करोड ८२ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन आर्जन गरेका छन् ।