साताको तेस्रो दिन आज सेयर बजारमा ७५.३३ अंकको वृद्धि

काठमाडौं ।  सेयर कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ७५.३३ अंकले बढेर २ हजार ५ सय ६३.४३ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २० वटा कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । चार कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ भने तीन कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५।८३ प्रतिशतले घटेको छ । यसका साथै आज शिभम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

ताजा अपडेट