गोंगबुमा एक ट्यक्सीमा आगजानी, ९० नेता कार्यकर्ता पक्राउ

काठमाडौं । दाहाल नेपाल पक्षको नेकपाले आव्हान गरेको आम हडतालको प्रभाव देशभर परेको छ।

बन्दकर्ताले बिहीबार बिहानै गोगबुमा एक ट्यक्सीमा आगजानी गरेका छन् । कतिपय ठाउँमा बन्दकर्ताहरु र प्रहरीबिच झडप समेत भएको छ।

आम हडताललाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार एक बिज्ञप्ति प्रकाशित गरी तोडफोड नगर्न आग्रह गरेको थियो। बन्दको समर्थनमा सडकमा आएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै पार्टीका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य हितमान लगायतलार्ई प्रहरीले कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार युवासंघका रमेश मल्ल बागबजारबाट पक्राउ परेका छन भने चाबहिलबाट कृष्ण केसी सहित ६० नेता कार्यकर्ता पक्राउ परेका छन् । यसले बन्दका प्रभाव आम सर्वसाधारणले गम्भीर रुपमा भोग्नु पर्ने अवस्था आउन सक्नेछ । देश हिंसात्मक गतिविधिमा अघि बढिसकेको छ ।