बीबीसी । म्यान्मारमा सैनिक शासकहरूले फेसबुकलाई देशभित्र प्रतिबन्ध लगाएका छन्। त्यहाँका धेरै नागरिकका लागि इन्टरनेटको पर्याय रहेको फेसबुक
हाल राजनैतिक स्थिरताका लागि बन्द गरिएको बताएका छन्।
म्यानमारका सैनिकले सोमवार कू गरेपछि सैनिक शासनको विरोध गर्ने मुख्य माध्यम फेसबुक नै बनेको थियो। कूको विरोधमा सांसदहरूले संसद् परिसर छोड्न अस्वीकार गरेका छन् । त्यस्तै सुकीका समर्थकहरुले याङ्गुन सहरमा भाँडा ठटाएर विरोध जनाउने कार्य गर्दै आएका थिए ।
त्यहाँको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुक फेब्रुअरी ७ सम्म बन्द रहने बताएको छ। म्यान्मारका आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गर्छन्।
अझै रोचक त के भने म्यान्मारमा फेसबुकले मोबाइलमा एप चलाउँदा मोबाइल डेटाको पैसा नलाग्ने बनाएको थियो ।
Add Comment