सेतो चिनी खरिदमा सँधै कालो खेल, नेपाली किसानहरुमाथि सँधै झेल

The sugar lies on the black background

काठमाडौँ । नेपाली चिनी उद्योगीहरुले सेतो चिनीमाथि कालो खेल खेल्ने गर्दछन् । फल स्वरुप त्यही सेतो चिनीका लागि उखु उत्पादन गर्ने किसानहरुले बर्षौसम्म भुक्तानी नपाएर सडक आन्दोलन गर्न वाध्य हुने गर्छछन् । नेपालका चिनी उद्योगले चिनी उत्पादन गर्छन्, चर्को मूल्यमा उपभोक्तालाई विक्री गर्छन् । तर किसानलाई भुक्तानी पनि दिँदैनन् । उद्योगी मोटाउने अनि उखु किसान सडकमा मृत्युको मुखमा पुग्ने गरेको वितगले पनि देखाईसकेको छ ।
यसै बेला सरकारले भारतबाट चिनी आयात गर्नका लागि आयातकर्ता कम्पनी छनौट गरेको छ । सरकारले भारतबाट १९ हजार मेट्रिक टन चिनी खरिद गर्नका लागि सात वटा निजी व्यापारिक फर्म छनोट गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारतबाट चिनी खरिदका लागि आवेदन दिएका ७३ वटा व्यापारिक फर्ममध्ये सात वटा छनोट गरिएको भएका छन्।

चिनी खरिदका लागि छनोट भएका सात वटा क्रमशः मयुरी टे«डलिङ्क भक्तपुर, दुई हजार आठ सय मेट्रिक टन र प्रगाम टे«डर्स विराटनगर, श्री शिवाय इन्टरनेसलन विराटनगर, विशाल टे«डलिङ्क काठमाडौँ, प्रणाम इन्टरनेसलन विराटनगर, भिजन इन्टरप्राइजेज, शिवशङ्कर टे«डकन्सर्न काठमाडौँले दुई हजार सात सय मेट्रिक टनका दरले खरिद गर्ने छ । चिनी खरिदका लागि छनोट भएका व्यापारिक फर्मले बढीमा दुई हजार आठ सय मेट्रिक टन र थोरैमा दुई हजार सात मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी व्यापारिक फर्म छनोट भएका छन् ।

विभागले १९ हजार मेट्रिक टन चिनी खरिदका खरिद गर्न चाहने व्यापारिक फर्मसँग साउन २३ गते सूचना आह्वान गरेको थियो । सो सूचना अनुसार ७३ वटा व्यापारिक फर्मले निवेदन दिएकोमा विभागले तोकेको मापदण्ड पूरा गरेका सात वटा फर्मलाई छनोट गरेको जनाएको छ । छनौटमा परेकाहरुले यसै साताबाट चिनी खरिद गर्नु पर्ने छ ।
बजारमा अहिले चिनी प्रतिकेजी १ सय १० रुपैयाँदेखि १ सय १५ रुपैयाँसम्म विक्री भईरहेको छ । यो मूल्य खरिद कर समेतलाई जोडेर हेर्ने हो भने पनि निकै महंगो मूल्य हो । उपभोक्तालाई चर्को मूल्यमा चिनी विक्री गर्ने व्यापारी र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकै उच्च अधिकारीहरुको मिलेमतोमा सेतो चिनीमा कालो खेल हुने गर्दछ । त्यही कारण उपभोक्ताहरुले चर्को मूल्यमा चिनी खरिद गर्नु पर्ने वाध्यता रहिआएको छ ।