अवकार रोक्न एआईजीहरुमो रिटमा सुनुवाई हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।