नखाएको विष कहाँ लाग्छ र ? मेलम्ची आयोजनाको भ्रष्टाचार मुद्धामा रुद्रसिंहले पाए सफाई

काठमाडौं । नेपालीमा एउटा उखान छ । नखाएको विष कहाँ लाग्छ र ? बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा तात्कालिन काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सफाई पाएपछि नखाएको विष लाग्दैन भन्ने पुष्टि भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भ्रष्टाचार मुद्धामा आरोप लागेकामध्ये तामाङ सहित १० जनालाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यस्तै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा.सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेलले सफाइ पाएका छन् । खानेपानी मन्त्रालयका सचिव मेलम्ची खानेपानी विकास समिति बोर्डको पदेन अध्यक्ष हुने व्यवस्था छ ।
काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत एवं मेलेम्चीको बोर्ड सदस्य रुद्र सिंह तामाङ अध्यागमन विभागका ेमहानिर्देशक रहेका बेला मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए ।