साईवर क्राईमा दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । साईवर क्राइम अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनलाई साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको छ । प्रसाईँसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ अनुमति जारी भएको छ ।

ताजा अपडेट