जोइ–पोईवीचको भद्र सहमतिले पार्टी अगाडी बढ्ने ! कसरी भयो यो नागरिकको पार्टी ?

काठमाडौं । नेपाल यस्तो देश हो जहाँको राजनीतिमा श्रीमान श्रीमतीहरुकै बोलवाला मात्र छैन सत्ता साझेदारमा पनि परिवारवाद नै छ । गठवन्धन सरकारमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमती आरजु देउवा राणालाई शक्तिशाली उपप्रधानमन्त्री सहितको परराष्ट्र मन्त्री बनाएर सरकारमा सामेल भए । यो त एउटा उदाहरण मात्र हो ।
चर्चा गर्न खोजिएको कुरा भने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष र संरक्षक भनिएका दुई व्यक्ति रञ्जिता श्रेष्ठ र रेशम चौधरी श्रीमान श्रीमती हुन । पार्टी स्थापनामा यी दुवैको योगदान त छ तर राज्य सत्तामा पुग्नका लागि यी दुई जोइपोईले गरेका हर्कत भने त्यत्ति राम्रो भने हैन ।
पाटी चलाउनका लागि यी दुई दम्पत्तिले भद्र सहमति भन्दै हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक भएको छ । पाटी र परिवार दुवै सम्वन्धलाई सुदृढ बनाउन उनीहरु वीच भद्र सहमति भएको रहेछ । विज्ञप्ति हेर्दा राजनीतिक दल भनेको यिनकै मात्र विर्ता जस्तो देखिएको । जसरी हिजो कांग्रेसमा कोइराला परिवारको हावी थियो अहिले देउवा परिवार हावी छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीपनि परिवारकै मात्र पार्टीका रुपमा स्थापित गराउने चेष्टा भईरहेको देखिन्छ ।
दुई लोग्ने स्वास्नी वीचको विवादले उग्र रूप लिँदा गठवन्धनको सरकारमा मन्त्री पद खान नपाएपछि यिनका जोईपोई फेरि भद्र सहमतिमा पुगको छ् । लोग्ने स्वास्नीवीचको कुरा के को भद्र सहमति ? अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशम चौधरीको हस्ताक्षरसहित असोज १८ र १९ गते संयुक्त बैठक डाकिएको छ। बुढाबुढीले चलाउने पार्टीलाई कसरी नागरिकको पार्टी भन्ने होला खै ?