लाईसेन्स प्रकरणमा अख्तियारले बोलायो सचिव, सहसचिव र महानिर्देशकलाई

काठमाडौं । लाइसेन्स वितरणमा भएको अनियमितता छानबीन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा बुझ्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशब कुमार शर्मा, मन्त्रालयका यातायात हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद पन्त सहसचिव, यातायात व्यवस्था विभागका हालका महानिर्देशक राजीव पोखरेल , निवर्तमान महानिर्देशक उद्धव प्रसाद रिजाल तथा आइटी निर्देशक लगायतकालाई अख्तियारमा नै बोलाएको छ ।

अख्तियारले उनीहरुलाई आगामी सोमबार आयोगमा आएर जानकारी दिन भन्दै बोलाएको हो । उनीहरुसँग अख्तियारले लाइसेन्स वितरणमा भएको अनियमितताका विभिन्न पक्षबारे जानकारी लिने बताइएको छ । तत्कालीन महानिर्देशक उद्धव प्रसाद रिजालले आइटी निर्देशक मुकेश रेग्मीको नेतृत्वमा छानबीन समिति बनाएर नै लाइसेन्स वितरणमा भएको अनियमितता बाहिर ल्याउन सफल भएका थिए।