काठमाडौं । गरिव देशका धनी नागरिक भनेर नेपाली नागरिकहरुलाई भन्ने गरिन्छ । सरकार पनि त्यस्तै देखिएको छ । देशको ढुकुटी बलियो बनाउनु भन्दा ढुकुटीमा भएको बजेट विलासिताका सामग्री खरिद गरेर सिध्याउने सरकार छ । त्यसैले पनि नेपाल दिनप्रतिदिन गरिव हुँदै गईरहेको । त्यसो भए नेपाल सरकारको सम्पत्ति कति छ त ? यसको लेखाजोखा कसले गरिरहेको छ त ?
सरकारको सम्पत्ति अभिलेख गर्न बाँकी धेरै रहेको आँकलन छ । तात्कालिन अर्थमन्त्री युवराज खतिवडाले आफू अर्थमन्त्री रहँदा सरकारको सम्पत्ति एकिन गर्न एक समिति समेत बनाएका थिए । तर उक्त समितिले बनाएको प्रतिवेदन खतिवडालाई नै चित्त बुझेन । प्रतिवेदनले देखाए भन्दा पनि बढि सम्पत्ति रहेको त्यस समयमा खतिवडाको आँकलन थियो ।
तर पनि अहिलेसम्म अभिलेखमा रहेको सम्पत्तिको विवरण भने महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । हरेक वर्ष हुने अपडेट अनुसारको विवरण महालेखाको कार्यालयले आर्थिक वर्ष सकिएको करिव ३ महिनामा सर्वजनिक गर्ने गर्छ ।
जस अनुसार संघीय सरकारको सम्पत्ति विवरण अनुसार आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा नेपाल सरकारका बजेटरी निकायको ९७ अर्व ८४ लाखको जिन्सी तथा सम्पत्तिको विवरण अभिलेख गरिएको छ । भने गैर बजेटरी निकायहरूको १९ अर्ब ९९ करोड ७० लाख रकमको जिन्सी तथा सम्पत्तिको अभिलेख रहेको छ ।
नेपाल सरकारको बजेटरी निकाय भने हरेक आर्थिक वर्षमा संघीय सरकारले नै बजेट तय गर्ने निकाय हुन् । त्यसै गैरबजेटरी निकाय भनेको संघी सरकार अन्तगर्त रहेका तर संघीय सरकारले बजेट विनियोजना नगर्ने संस्थानहरु हुन् ।
Add Comment