काठमाडौं । अवौंका सरकारी ठेक्का लिएर काम नगर्ने ढिलो गर्ने अनि सरकारी कोषबाट लिएको अग्रिग भुक्तानी अन्यत्र लगानी गरेर फरार हुने कन्स्ट्रक्सन कम्पनी मध्ये प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तर आर्थिक अनियमितताका कारण काठमाडौं महानगरपालिकाले कालोसूचिमा राख्न अनुरोध गरेको समानान्तकर कम्पनी भने कालोसूचिमा परेन ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको कम्पनीहरुमा कांग्रेस नेता पूर्णबहादुर तामाङको कान्छाराम कन्सट्रक्सन, रमिला लामा को एन.बी।.कन्स्ट्रक्सन, टेन्डी शेर्पाको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।
काठमाडौं महानगरपालिकाको टेकुस्थित कार्यालय भवन निर्माणका क्रममा करीव ८२ करोड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महानगरका केही कर्मचारीलाई विशेष अदालतमा मुद्धा दायरी गरी ती कर्मचारीको जागिर गयो । तर कार्यमा ठेक्मा पाएको र कार्वाही गरेको समानान्तर कम्पनीलाई महानगरले कालोसूचिमा राख्न सिफारिस गर्दा समेत प्रधानमन्त्री कार्यालय मातहतमा रहेको सार्वज्निक खरिद अनुगमन कार्यालयले कालोसूचिमा राखेन ।
कालोसूचिमा परेका कन्स्ट्रक्सनहरुमा रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी.निर्माण सेवा प्रालि,
इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।
उनीहरुले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
Add Comment