मन्त्रिपद खान त्यति सजिलो कहाँ छ र? कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नेपाल निर्माणका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताएका छन् । आज सानोठिमीस्थित शिक्षक सेवा आयोगको स्थापना दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजका सबै क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकाले यसको सुधार आवश्यक रहेको बताए ।

शैक्षिक क्षेत्ररुपी मुहान शुद्घ भए समाजका सबै क्षेत्र शुद्घ हुने उनको भनाई थियो । उनले शिक्षक सेवा आयोगले रचनात्मक,सिर्जनात्मक र नैतिकवान शिक्षक उत्पादनमा जोड दिनुपर्ने बताए । मन्त्री श्रेष्ठले आयोगमा रीत्तm रहेका पदाधिकारीको नियुक्तिको तैयारी भैरहेको र यसको छिट्टै टुंगो लाग्ने बताए । मन्त्री श्रेठले आलोचनाको समेत प्रवाह नगरी आफूले मन्त्रीको सपथ खाँदाको प्रतिबद्घता अनुसार नै काम गर्ने प्रयास गरिरहेको बताए ।

मन्त्री पद काँडाको झ्याङ्गमा बसे जस्तो भए पनि टिम वर्कबाट परिणाम दिने र शैक्षिक क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । अहिले पनि २०२८ को संशोधित शिक्षा ऐनबाट मुलुकको शैक्षिक क्षेत्र चलिरहेको बताउँदै उनले शिक्षा लगायत समाजका अन्य क्षेत्रमा रहेका अस्थिरता,अराजकता,अन्यौल,अस्पष्टता र भ्रमको बादल चिर्न जरुरी रहेको बताए ।

अन्यौलको अबस्थाबाट सत्यतथ्य निकाल्न नयाँ खालको नीति,बिधि र तरिकाले सोच्नुपर्नेमा जोड दिए । बिभिन्न बिश्वबिद्यालय र शिक्षक सेवा आयोगको समेत बिधि र प्रकृयामा बिविधता रहेकोले यसमा एकरुपता ल्याउने बारे छलफल आवश्यक रहेको बताए ।सबैलाई नेतृत्वमा पुर्याउने शिक्षक नै भएको बताउँदै कतिपय शिक्षकको दुखद अबस्थाप्रति उहाँले चिन्ता ब्यक्त गरे ।

आफ्ना शिक्षकलाई बिर्सने र सम्मान गर्न नसक्ने बिद्यार्थीले मुलुक सम्हाल्न नसक्ने टिप्पणी गर्दैै उनले शिक्षकबाटै विद्यार्थीले अनुशासन सिक्ने बताए । मन्त्रालय मातहतका निकायहरुमा धेरै बेरुजु रहेको आफूले जानकारी पाएको बताउदै उनले बेरुजुको उचाई घटाउन निर्देशन दिए ।