बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक एक लाख अमेरिकी डलर नाघ्दै नयाँ रेकर्ड बनाएको छ ।

बिहीबार बिहान ९ बजे कारोबार भइरहँदा बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी डलर पुगेको छ । एक महिनाकै अवधिमा बिटक्वाइनको मूल्य करिब ४७ प्रतिशत बढेको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोमैत्री नीति अपनाउने अपेक्षाबीच विश्वकै ठूलो क्रिप्टोकरेन्सीको मूल्य बढेको हो ।

ट्रम्पले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन ९एसईसी०का पूर्वआयुक्त पल एटकिन्सलाई फेरि वालस्ट्रिटको नियामकमा मनोनीत गर्ने बताएको केही घण्टामै बिटक्वाइनको मूल्य एक लाख अमेरिकी डलर नाघेको हो ।

ट्रम्पले नियुक्त गर्ने भनिएका एटकिन्स एसईसीका वर्तमान प्रमुख ग्यारी जेन्सलरभन्दा बढी क्रिप्टो समर्थक मानिन्छन् ।

ताजा अपडेट