चोरी शिकारीमा संलग्न ३ जना बन्दुकसहित पक्राउ

बांके राष्ट्रिय निकुञ्‍जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियार सहित निकुञ्‍ज ईलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारीमा संलग्न ३ जनालाई बन्दुकसहित पक्राउ गरेको छ । बन्दुक सहित पक्राउ परेका ९ जनामध्ये ३ जना व्यक्तिहरुलाई २ नाल भरुवा बन्दुक सहित आवश्यक कारवाहीको लागि बांके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाइएको छ ।

पक्राउ गरिएकाहरुमा सल्यान जिल्ला कालिमाटी गापा वडा नं। ३ बस्ने २० बर्षका बीर बहादुर पुन मगर, सल्यान जिल्ला कालिमाटी गापा वडा नं। २ बस्ने बर्ष ३८ का रमेश घर्ति र सोही स्थानका स्थानका बर्ष २६ का खेम बहादुर थापा रहेका छन् ।