ओलीले हितेन्द्रलाई नै रुचाएपछि जनताको केहि लाग्छ ?

काठमाडौं । निर्वाचनको मिति घोषणासँगै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा नियुक्त हुने चर्चा चलेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त घिसिङलाई पुनर्नियुक्तिको माग राखेर प्रदर्शनसमेत भएको थियो ।

तर, सरकारलाई उनलाई प्राधिकरणमा दोहो¥याउन चाहेन र उनले अवकाश पाए । पछि विकसित राजनीतिक घटनाक्रम र चुनावको मिति घोषणा भएपछि उनलाई मत आकर्षित गर्न प्राधिकरणमा लैजान सक्ने अड्कल आममानिसले गरेका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशक पद रिक्त राखेका कारण पनि धेरैले कुलमानलाई प्राधिकरणमा लगेर आगामी निर्वाचनमा जनमत बटुल्न प्रयास हुने अड्कल गरिएको थियो ।

तर, यसलाई गलत सावित गर्दै सरकारले प्राधिकरणको कार्यकारी निर्देशक पदपूर्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशकका शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।