एमालेका नेताहरुले नै गरे आफ्नै सरकारको आलाेचना,परिणाममुखी काम गर्न प्रधानमन्त्रीलाई सुझाव

 

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका नेताहरुले आफ्नै सरकारले अपेक्षित रूपमा काम गर्न नगरेको भन्दै परिणाममुखी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो विचार राख्ने क्रममा बोल्दै एमालेका केन्द्रीय सदस्यहरुले जन अपेक्षा अनुरुप काम हुन नसकेको उल्लेख गर्र्दै सरकारको नेतृत्व गरेका पार्टी अध्यक्षलाई त्यसप्रति ध्यानाकर्षण गराएका हुन् ।

पार्टीलाई प्रभावकारी, जनआधारित बनाउन सबै नेताहरूलाई पार्टी काममा केन्द्रित गर्नुपर्ने र नेता तथा कार्यकता वडासम्म केन्द्रित नभएसम्म सम्भव नहुने बताए । पार्टी अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।