झापा ।विर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुबकुमार सिवाकोटीलाई जिल्ला अदातल झापाले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
साेमबार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले बालिकामाथि जबरजस्ती करणीका आरोपित शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
गत मंसिर २४ गते नै पक्राउ परेका सिवाकोटी प्रहरीको निगरानीमा विर्तामोडस्थित विएण्डसी शिक्षण अस्पताल भर्ना भएर बसेका थिए ।
Add Comment