प्रतिबन्ध लगाएको औषधि बिक्री गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको औषधि बिक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विक्रम मण्डललाई नियन्त्रणमा लिएको हो। उनका भाइ विकास मण्डल पनि संलग्न भएको अभियोगमा प्रहरीले खोजी गरिरहेको छ।

उनीहरूले मोरङ विराटनगर महानगरपालिका न्युरो अस्पताल नजिक घरमा भाडामा लिएर विभिन्न ब्रान्डका प्रतिबन्धित औषधी बिक्री गरेको जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो। प्रहरीले उनीहरूको कोठाबाट १० लाख ३ हजार रुपैयाँ बराबरको विभिन्न प्रतिबन्धित औषधी फेला पारेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै उनीहरूले औषधीमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने समेत गरेको खुलेको छ। आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने तयारी गरिरहेको छ।