नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ। यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १५६/१५६ रुपैयाँ पर्छ ।
खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
Add Comment