बजेट बाह्य तथा आन्तरिक स्रोत जताबाटै जुटाउन सकिन्छ: विष्णु पौडेल

काठमाडौं । वीर अस्पतालको दुवाकोटमा विस्तारित भवनबारे कामको नतिजा आवश्यक अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । अस्पताल निर्माण स्थलको स्थलगत अवलोकनका क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उक्त संरचना निमार्ण स्थलको अवलोकन तथा छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेले संरचना निर्माणमा बजेटको अभाव नहुने बताए। यो बजेटको अभाव नहुँने आयोजना मध्ये एक आयोजना हो,’ मन्त्री पौडेलले भने, ‘बजेट बाह्य तथा आन्तरिक स्रोत जताबाटै जुटाउन सकिन्छ।’ विगत २०७३ साल देखि सुरु भएको उक्त परियोजनाले गति नलिएको भन्दै उनले जतिसक्दो चाँडो काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।

अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन,डिपिआर, सडक, विद्युत, खानेपानीको काम चाँडै सम्पन्न गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका हुन्न।‘यो परियोजनाको लागि धेरै वर्ष बित्तिसकेको छ। यहाँको कामको प्रगतिमा स्थानीय तथा हामी जोकोही पनि सन्तुष्ट छैइनौं,’ पौडेले भने, ‘अबका अगामी दिनमा कामको नतिजा चाहिन्छ।’

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले परियोजना निमार्णको लागि बाटो, बिद्युत, ढल र खानेपानी अतिआवश्यक भएकाले छिट्टो काम सक्ने निर्देशन दिए।‘हामीले केही पुर्वाधार निर्माण गरे त अन्य मानिसले आएर काम गर्ने हो, मन्त्री त्रिपाठीले भने, हामीले ससना काम जति छिट्टो सक्यौं। त्यति नै यसले आकार पाउँछ।दुवाकोटको विस्तारित वीर अस्पतालको काम चाडै सुरू हुने राज्यमन्त्री नवराज रावतले बताए।

‘यसभन्दा अगाडीको तत्कालिन मन्त्री भानुभक्त ढकालले पनि मलाई जिम्मेवारी दिनुभएको थियो। अहिले पनि यस अस्पतालको विस्तारको लागि जिम्मेवारी पाएको छु,’ मन्त्री रावतले भने, ‘यो काममा म अघि बढेको छु। अवश्य पनि सफल हुनेछ।’स्थलगत अवलोकन तथा छलफल कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका, न्याम्सका उपकुलपति प्रा‌।डा।डिएन शाह, रेक्टर प्रा। डा‌ सुवोध अधिकारी, निर्देशक डा ।केदार सेञ्चुरीको उपस्थित थिए।त्यसैगरी, विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सहभागि भएका थिए।

नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तराष्ट्रिय स्तरको बनाउने प्रक्रिया अनुसार दुवाकोटमामा सरकारले ५ सय ७० रोपनी जग्गा उपलब्ध गराएको छ। कम्तीमा पनि १ हजार ५ सयको बेडको आधुनिक अस्पताल बनाउने सरकारको लक्ष्य रहेको छ।विस्तारित परियोजनाको लागि बर्षेपछि बजेट छुट्एिपनि फ्रिज हुँदै गएको छ।