नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार राति अबेर बसेको पार्टी सचिवालय बैठकले विधान अधिवेशनको मिति तय गरेको हो ।
जस अनुसार ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भदौ २०,२१ र २२ गते गरी तीन दिनसम्म चल्नेछ । यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो ।
यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए
साथै बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने समेत निर्णय गरेको छ ।
बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय पनि गरेको छ ।एमालेमा प्रवेश गर्न लागेका नेता गौतमलाई दिने जिम्मेवारीका विषयमा भने टुंगो लागेको छैन ।
Add Comment