काठमाडौं । पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ । सुनको मूल्य बृद्धि भएसँग सुनको कारोबार घट्ने आँकलन गरिएको भएता पनि सुन आयातमा भने बृद्धि भएको देखिन्छ । आज सुन प्रति तोला १ लाख ७० हजार २ सय पुगेको छ । आज सुनको मूल्यमा ६ सयले बृद्धि भएको हो ।
सुनको मूल्य जति नै बृद्धि भएपनि सुन आयातमा पनि कमी आएको छैन । नेपाल राष्ट्र वैकको तथ्याँकलाई हेर्ने हो भने पति सुन आयात बृद्धि भईरहेको छ । सुन आयात बृद्धि हुनु र बजारमा विक्री वितरणमा कमी नआउनुलाई सुनको व्यापारमा मन्दी छैन भन्ने पुष्टि गर्दछ ।
सुनको भाउ बढेको बढ्यै मंगलबार एक लाख ७० हजार नाघ्यो

Add Comment