काठमाडौं । वि.स. २०६८ भाद्र १९ गते काठमाडौंको जगडोल सामुदायिक वनमा राष्ट्रिय शहिद पार्क बनाउने योजना सहित तात्कालिन मुख्यसचिव माधवप्रसाद घिमिरेले शिलान्यास गरेका थिए । शिलान्यासको १३ वर्ष नाघिसक्यो । ३५ करोडभन्दा बढी खर्च भईसक्यो तर पार्कको अवस्था भने कन्तविजोक बन्दै गएको छ ।
नेपाली कांग्रेस निकट सो सामुदायिक बनका अध्यक्ष सर्दशन सिग्देल छन् । उनै सिग्देललाई राष्ट्रिय शहिद पार्क भने गरिखाने भाँडो भएको छ । १३ वर्षदेखि सो बनमा उनकै रजगज छ । किनकी गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल पनि नेपाली कांग्रेसकै हुन् ।
२०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौँको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क ९स्मारक० सँगै निजामती पार्क पनि निर्माण गर्ने निर्णय गरेको थियो । निर्णय भएको डेढ दशकसम्म पनि शहीद स्मारक सम्पन्न हुन सकेको छैन ।
सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा निर्माण भइरहेका धेरै संरचनाको ७० प्रतिशत काम सकिएर पनि अलपत्र छ । शिलान्यास ताका शान्ति मन्त्रालयले सो पार्क हेर्ने भनिएपनि २०७४ सालमा शान्ति मन्त्रालय नै खारेज भएपछि यो पार्क निमार्ण आयोजना कसले हेर्ने भन्ने निकाय नै भएन। त्यसपछि गोकर्ण जङ्गल सामुदायिक वन मातहतमा ल्याएर आयोजना सहरी तथा भवन निमार्ण आयोजनामा स्थानान्तरण गरिएको छ ।
यसले नेपालको सबै भन्दा ठुलो सहिद स्मारक तथा शान्ति पार्क कछुवाको गतिमा निमार्ण भईरहेको जस्तो देखिएपनि जगडोल जंगल अहिले कंक्रिटको भवनले नै गिज्याईरहेको छ ।
अहिले पार्क प्रवेश गर्नका लागि हरेक व्यक्तिले १० रुपैयाँ तिर्नु पर्ने हुन्छ । पार्कलाई सरकारी काम जस्तो गरी १० बजेदेखि ५ बजेसम्म खोलिन्छ अरु बेला ताला वन्द गरिन्छ । विगतमा जगडोल जंगल स्थानीयहरुको गाईचरनको रुपमा पनि थियो ।
निजामती शहिद पार्क निर्माणमा ३५ करोड भन्दा बढी खर्च भईसकेको छ ।
तर पार्कमा बर्षौदेखि हालिमुहाली गरिरहेको सामुदायिक वनका अध्यक्ष सुर्दशन सिग्देल भने ठ्याक्कै रकम बताउन चाहँदैनन । १० वजेदेखि ४ बजेसम्म प्रति व्यक्ति १० रुपैयाँका दरले उठाइएको रकम पनि पारदर्शि नभएको स्थानीयहरु कै आरोप छ ।
Add Comment