काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभर केबलकार निर्माणको विषयलाई लिएर भईरहेको आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउँदै सरकारले पटक पटक वार्तामा आउन आग्रह गरेको बताएका छन । मन्त्री लेखकले राष्ट्रियसभा वैठकको शुन्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।
पाथीभर केबलकार निर्माणका सन्दर्भमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन समेत अपिल गरिरहँदा आन्दोलकर्मी बार्तामा आउने सम्भावना भने निकै कम देखिन्छ । सरकार कुनै पनि हालतमा पाथीभरामा केवलकार निर्माण गर्ने योजनामा रहेको छ भने आन्दोलनकर्मी केवलकार रोक्ने योजनामा छन् । जसले गर्दा सरकार र आन्दोलनकमीवीच सहज ढंगले बार्ता हुने सम्भावना भने देखिँदैन ।
पाथीभरामा केवलकार बनाउने योजना स्थानीयवासीहरुको हितमा देखिएको छैन भने सम्पदा क्षेत्रका हिसावले पनि पाथीभरामा केवलकार बनाउनु हुन्न भन्नेहरुको जमात पनि उत्तिकै छ । आन्दोलकर्मीका अगुवाहरुलाई सरकारले केही लोभ देखाएर भएपनि आन्दोलन तुहाउने तयारी गरिरहेको देखिन्छ । यो परिवेशमा सरकारले पाथीभरामा केवलकार नबन्ने आधिकारिक निर्णय नगरेसम्म वार्ता हुन नसक्ने आन्दोलनकारीहरुको भनाई छ ।
Add Comment